Nepali, unit 1, unit 2

Unit - 1. म र मेरो परिवार


 कार्यघण्टा ः १५ परिचय ‘म र मेरो परिवार मेरो नेपाली, ःथ भ्लनष्किज र हाम्रो सेरोफेरो विषयभित्र बहुविषयक ढाँचामा एकीकृत गरिएको विषयक्षेत्र हो। यस विषयक्षेत्रको एकीकृत संरचनाभित्र रहेर विद्यार्थीले आफू र आÇनो परिवारलाई सबैभन्दा बढी चिनेको हुन्छ । त्यसैले उसको परिवार सिकाइको प्रमुख स्रोत हो। परिवारमा सिकेको सिकाइको अभिव्यक्ति वा सञ्चार उसका लागि सहज, गुणस्तरीय तथा प्रभावकारी हुन्छ । यस्ता विषयक्षेत्रसँग विद्यार्थी पहिल्यै परिचित हुने भएकाले उनीहरूलाई सिक्न सहज हुन्छ । यसर्थ उल्लिखित क्षेत्रमा आधारित विषयवस्तुलाई पूर्वज्ञानसँग अन्तरसम्बन्धित गर्दै सिकाइ सहजीकरण गर्नु सान्दर्भिक हुन्छ । यस व्रmममा एकीकृत शिक्षण सिकाइलाई विशेष जोड दिनसकेमा सिकाइको दायरा व्यापक र जीवनोपयोगी बन्छ । यही मान्यतानुसार यस विषयक्षेत्रमा वर्णन, संवाद, छलफल र प्रश्नोत्तरका आधारमा भाषिक सञ्चार गर्ने, छोटा अनुच्छेद सुनी नयाँ शब्द पहिचान गर्ने, पारिवारिक, विद्यालयीय तथा सामुदायिक गतिविधिमा प्रयोग हुने शब्द पहिचान र प्रयोग गर्ने, प्राकृतिक तथा सामुदायिक परिवेशका चित्र प्रयोग गरी शब्दभण्डार विस्तार र प्रयोग गर्ने, लिङ्ग, वचन, पुरुष र आदरको सचेततासहित मौखिक तथा लिखित अभिव्यक्ति गर्ने, ससाना वाक्य वा अनुच्छेद लेख्ने तथा सुनेका वा हेरेका सामग्रीका आधारमा हाउभाउसहित छलफल, कुराकानी र प्रस्तुतिको अनुकरण गर्नेलगायत कार्यलाई समावेश गरिएको छ । यसका साथै यस विषयक्षेत्रमा पारिवारिक वातावरणभित्रबाट आत्मबल र स्वाभिमानको विकास, स्वअनुशासन जस्ता मुख्य वैयक्तिक सिपको विकास गराउँदै विद्यार्थीको सिकाइलाई गुणस्तरीय र प्रभावकारी बनाउन सान्दर्भिक व्यवहारकुशल सिपको पहिचान र प्रयोग गर्न उत्प्रेरित गरिएको छ । यस विषयक्षेत्रअन्तर्गत दुईओटा पाठ रहेका छन्। ती पाठमा हाउभाउ, गति, यति, लय र शुद्धतासहित कविता पढ्ने, दृश्यवर्णन गर्ने, पारिवारिक, विद्यालयीय र सामाजिक गतिविधिमा प्रयोग हुने शब्द, शब्दका सुरु र अन्त्यका वर्ण छुट्याएर र जोडेर पढ्ने तथा लेख्ने, शब्द पहिचान र उच्चारण गर्ने, गति, यति र हाउभाउसहित अनुच्छेद पढ्ने, दोहोरो सञ्चार गर्ने, विषयवस्तु तथा लिङ्ग, वचन, पुरुष र आदर मिलाई बोल्ने र लेख्ने, अनुलेखन गर्ने, कथा पूरा गर्ने जस्ता व्रिmयाकलाप निर्धारण गरिएका छन्। यी व्रिmयाकलापले विद्यार्थीकेन्द्रत र बालमैत्री सहजीकरण प्रव्रिmयाको अपेक्षा गरेका छन्। विषयक्षेत्रको अन्त्यमा पाठ्यव्रmममा आधारित भई ध्वनि सचेतीकरण, श्रव्य÷दृश्यबोध, लेख्यवर्ण सचेतीकरण, शब्दभण्डार, पठन प्रवाह, पठनबोध, लेखाइ र कार्यमूलक व्याकरणसँग सम्बन्धित मूल्याङ्कन व्रिmयाकलापसमेत समावेश गरिएको छ । पठनतत्त्वअनुसारको मूल्याङ्कनबाट दैनिक कक्षा व्रिmयाकलापसँगै विद्यार्थीको सिकाइको लेखाजोखा गरी सिकाइमा पछि परेका विद्यार्थीलाई सुधारात्मक सिकाइ प्रव्रिmयाद्वारा थप सिकाइको अवसर प्रदान गर्ने छ ।

Unit 1: Me and My Family
(Duration: 15 Hours)

This unit integrates topics related to "Me, My Family, and Our Surroundings" in a multidisciplinary approach. Students build on their familiarity with their family and environment, using them as primary learning sources. Activities include storytelling, discussions, short paragraph writing, identifying and using new words, and practicing communication with respect to gender, tone, and politeness.

The unit focuses on skill-building, such as self-confidence, discipline, and effective communication. Activities include reciting poems with expression, describing visuals, completing stories, and vocabulary building. Assessments cover reading fluency, comprehension, writing, and grammar to track progress and provide remedial support for learners who need it.

Description
Unit - 2, मेरो दैनिक

 जीवन कार्यघण्टा ः १० परिचय ‘मेरो दैनिक मेरो नेपाली, ःथ भ्लनष्किज, मेरो गणित र हाम्रो सेरोफेरो विषयभित्र बहुविषयक ढाँचामा एकीकृत गरिएको विषयक्षेत्र हो। भाषाको प्रयोगले दैनिक जीवनमा सिकाइको कार्यरूप प्रदान गर्छ । भाषा दैनिक कार्यव्यवहारको एक प्रमुख तत्त्व हो। भाषाको सान्दर्भिकतालाई ख्याल गर्दै यस विषयक्षेत्रले कक्षा ३ मा परिचित शब्दका वर्णगत ध्वनि, लेख्य चिह्नका आधारमा हुने उच्चारणगत भिन्नता, पाठ श्रवण, सहवाचन र स्ववाचन, हाउभाउसहित छलफल, कुराकानी र प्रस्तुतिको अनुकरण, दैनिक प्रयोगमा आउने परिचित शब्दको पहिचान एवम् सङ्कलन, उक्त शब्दहरूलाई वस्तु र चित्रका आधारमा चिनारी र प्रयोग जस्ता विषयवस्तुलाई विशेष जोड दिएको छ । यस विषयक्षेत्रसम्बद्ध व्रिmयाकलाप गराउँदा विद्यार्थीले सरल वाक्य तथा छोटा अनुच्छेदको पढाइ, पठित पाठको शीर्षक तथा चित्रबारे पूर्वानुमान वा अनुमान, वर्णन र पूर्वज्ञानका आधारमा पाठबारे अनुमान, पूर्वानुमान वा अनुमान मिले÷नमिलेको स्वमूल्याङ्कन र छलफल, पठित शब्द, वाक्य र अनुच्छेदको श्रुतिलेखन तथा अनुलेखन र लिङ्ग, वचन, पुरुष र आदरको सचेततासहित मौखिक तथा लिखित अभिव्यक्ति प्रदान गर्नेलगायत कार्यलाई समेटेको छ । यसका साथै यस विषयक्षेत्रले व्यवहारकुशल सिपको पहिचान र प्रयोगमा जोड दिँदै आÇनो हेरचाह गर्ने र दैनिक जीवन व्यवस्थापन गर्ने योग्यता प्राप्त गर्दै दैनिक कार्यमा लक्ष्य निर्धारण गर्न र अग्रसरता लिन उत्प्रेरित गरिएको छ । यस विषयक्षेत्रभित्र दुईओटा पाठ रहेका छन्। ती पाठमा हाउभाउ, गति, यति लय र शुद्धतासहित कविता पढ्ने, दृश्यवर्णन गर्ने, शब्दका सुरु र अन्त्यका वर्ण छुट्याएर र जोडेर पढ्ने तथा लेख्ने, वस्तु र चित्रका नाम भन्ने र लेख्ने, शब्द पहिचान र उच्चारण गर्ने, निर्धारित समयभित्र शब्द, वाक्य तथा अनुच्छेद पढ्ने, अनुमान तथा धारणा मिले नमिलेको छुट्याई सुधार गर्ने, पाठगत प्रश्नोत्तर र बुँदा टिपोट गर्ने, गति, यति र हाउभाउसहित अनुच्छेद पढ्ने, दोहोरो सञ्चार गर्ने, विषयवस्तु तथा लिङ्ग, वचन, पुरुष र आदर मिलाई बोल्ने र लेख्ने, रुचिका विषयक्षेत्र वा शीर्षकमा आधारित भई स्वतन्त्र लेखन गर्ने जस्ता व्रिmयाकलाप निर्धारण गरिएका छन्। सिकाइ र दैनिक जीवनसँग विषयवस्तुको तालमेल, पूर्वअनुभवमा आधारित ज्ञान तथा सिप विकास, व्यवहारकुशल सिप र सिकाइबिचको सहसम्बन्ध हुने गरी सिकाइ सहजीकरण गर्नुपर्ने अपेक्षा गरिएको छ । विषयक्षेत्रको अन्त्यमा पाठ्यव्रmममा आधारित भई ध्वनि सचेतीकरण, श्रव्य÷दृश्यबोध, लेख्यवर्ण सचेतीकरण, शब्दभण्डार, पठन प्रवाह, पठनबोध, लेखाइ र कार्यमूलक व्याकरणसँग सम्बन्धित मूल्याङ्कन व्रिmयाकलापसमेत समावेश गरिएको छ । यी व्रिmयाकलापले कक्षामा सहपाठीहरूले एकअर्काका कार्यको मूल्याङ्कन गर्ने, सँगै बसेर गरेका कार्यको मूल्याङ्कन गर्ने गरी मूलतः विद्यार्थीले यस विषयक्षेत्रमा अपेक्षित सिकाइ उपलब्धि हासिल गरेका वा नगरेका यकिन गरी विद्यार्थीलाई सुधारात्मक सिकाइ प्रव्रिmयाद्वारा थप सिकाइको अवसर प्रदान गर्ने छ ।

Unit 2: My Daily Life
(Duration: 10 Hours)

This unit integrates topics like language, math, and surroundings to connect learning with daily life. It emphasizes using familiar words, recognizing sounds and written symbols, listening, reading aloud, discussing, and practicing daily vocabulary. Activities include reading simple sentences, predicting content from titles and pictures, self-assessment, dictation, and expressive communication with attention to gender, tone, and politeness.

Students learn practical skills like self-care, daily task management, and goal setting. The unit promotes reading fluency, comprehension, writing, and grammar through assessments and peer evaluations to identify learning achievements and offer remedial support where needed.

Description

Comments

Popular posts from this blog

English, unit 1 - 3

English, unit 8 - 11