Nepali, unit 3, unit 4

Unit - 3. हाम्रो समुदाय 

कार्यघण्टा ः १५ परिचय ‘‘हाम्रो समुदाय’ मेरो नेपाली, ःथ भ्लनष्किज, मेरो गणित र हाम्रो सेरोफेरो विषयभित्र बहुविषयक ढाँचामा एकीकृत गरिएको विषयक्षेत्र हो। विद्यार्थीले समुदायमा कुराकानी र छलफलका माध्यमले स्वतन्त्र रूपमा भाषिक अभ्यास गर्छन्। भाषिक अभ्यासका व्रmममा समुदायमा घुलमिल भई शब्दभण्डार ग्रहण गरी मौखिक तथा लिखित अभिव्यक्ति वृद्घि गर्छन्। यस्ता परिचित सन्दर्भ कक्षागत सिकाइका लागि सान्दर्भिक र उपयुक्त मानिने भएकाले यस व्रmममा सिकारुसँग भएको शब्दभण्डारको उपयोग गर्दै कार्यबोध, शब्दबोध र वाक्यमा प्रयोग, कुराकानी, छलफल र प्रश्नोत्तर, श्रव्यदृश्य बोध जस्ता कार्य सम्पादन गर्दा उपयुक्त भाषाको प्रयोग गर्ने व्रिmयाकलापले विशेष प्राथमिकता पाउँछन्। यस एकाइमा वर्णगत ध्वनि पहिचान, शब्द लेखन, हाउभाउ र अभिनयसहित मौखिक प्रस्तुति, चित्र तथा दृश्यवस्तुका आधारमा नाम र विषयवस्तुको बोध, विषयवस्तुबारे पूर्वानुमान वा अनुमान, वाक्य निर्माण, वर्तमान, भूत र भविष्यत् काल एवम् लिङ्ग, वचन, पुरुष र आदरका आधारमा सङ्गतिलगायतका कार्य एवम् कार्यमूलक व्याकरणका बारेमा चर्चा गरिने छ । यसका साथै यस विषयक्षेत्रबाट परिवार तथा समुदायका प्रचलन तथा मान्यताहरूलगायत अन्य मान्यता तथा अभ्यासप्रति सकारात्मक रहँदै आप्mना विचार, मान्यता र अभ्यासलाई पारदर्शी बनाउने, अरूको प्रतिव्रिmया सुन्ने र आवश्यकताअनुसार स्विकार्ने क्षमता विकासका व्रिmयाकलापमा जोड दिनुपर्दछ । यस विषयक्षेत्रमा दुईओटा पाठ रहेका छन्। ती पाठमा हाउभाउ, गति, यति लय र शुद्धतासहित कविता पढ्ने, दृश्य वर्णन गर्ने, शब्दका सुरु र अन्त्यका वर्ण छुट्याएर र जोडेर पढ्ने तथा लेख्ने, वस्तु र चित्रका नाम भन्ने र लेख्ने, निर्देशित शब्दका वर्णहरू प्रयोग गरी नयाँ शब्दहरू निर्माण गर्ने, निर्देशित शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्ने, द्रुत पठन गर्ने, निर्धारित पाठको सार भन्ने र लेख्ने, सूचनामूलक पाठ सुनी आफ्नै शब्दमा पुनर्कथन गर्ने, श्रव्यदृश्य सामग्रीको समीक्षा गर्ने, पाठगत प्रश्नोत्तर गर्ने, गति, यति र हाउभाउसहित अनुच्छेद पढ्ने, दोहोरो सञ्चार गर्ने, विषयवस्तु तथा लिङ्ग, वचन, पुरुष र आदर मिलाई बोल्ने र लेख्ने, रुचिका विषयक्षेत्र वा शीर्षकमा आधारित भई स्वतन्त्र लेखन गर्ने जस्ता व्रिmयाकलाप निर्धारण गरिएका छन्। यी व्रिmयाकलाप सहजीकरण गर्दा विद्यार्थीको सहभागितामा योजना निर्माण, परियोजना कार्य, क्षेत्र भ्रमण, समस्या समाधान, खोजमूलक अध्ययन, प्रवर्तनमुखी शिक्षण पद्धतिलाई सिकाइ सहजीकरण विधिका रूपमा कार्यान्वयन गर्नुपर्छ। विषयक्षेत्रको अन्त्यमा पाठ्यव्रmममा आधारित भई ध्वनि सचेतीकरण, श्रव्य÷दृश्यबोध, लेख्यवर्ण सचेतीकरण, शब्दभण्डार, पठन प्रवाह, पठनबोध, लेखाइ र कार्यमूलक व्याकरणसँग सम्बन्धित मूल्याङ्कन व्रिmयाकलापसमेत समावेश गरिएको छ । यी व्रिmयाकलापको मूल्याङ्कनले विषयगत सिकाइ क्षेत्रमा अपेक्षित ज्ञान, बुझाइ र प्रयोगको स्तर मापन गरी विद्यार्थीलाई सुधारात्मक सिकाइ प्रव्रिmयाद्वारा थप सिकाइको अवसर प्रदान गर्ने छ ।


Unit 3: Our Community
(Duration: 15 Hours)

This unit focuses on language practice through interaction and discussion in the community. Students expand their vocabulary and improve oral and written communication by engaging in activities like identifying sounds, writing words, making predictions, and constructing sentences. It emphasizes grammar concepts like tense, gender, number, and honorifics.

Activities include poetry reading with expression, object and picture description, sentence formation, summarizing texts, reviewing audiovisual materials, and independent writing. The unit also encourages collaborative planning, project work, field visits, and problem-solving to connect learning with real-life experiences.

Assessments cover reading fluency, comprehension, vocabulary, and functional grammar, helping identify areas for improvement and providing opportunities for additional learning.

Description

 Unit - 4

विषयक्षेत्रः मेरो विद्यालय 


कार्यघण्टा ः १५ परिचय ‘मेरो विद्यालय’मेरो नेपाली, ःथ भ्लनष्किज, मेरो गणित र हाम्रो सेरोफेरो विषयभित्र बहुविषयक ढाँचामा एकीकृत गरिएको विषयक्षेत्र हो। विद्यालय घरपरिवार पछिको ज्ञान प्राप्त गर्ने दोस्रो स्थान हो। बालबालिकाले धेरै समय विद्यालयमा बिताउने हुनाले विद्यालयबाट धेरै कुरा सिक्न सक्छन्। विद्यालयको परिवेशमा विद्यालयको भवन, पाठ्यसामग्री, बगैँचा, खेलसामग्री, खेलमैदान, चमेना गृह, कक्षाकोठा, पुस्तकालय जस्ता क्षेत्र पर्दछन्। यस्ता सन्दर्भमा विद्यार्थीको भाषिक प्रयोगको आधार तथा क्षेत्र पृथक् रहन सक्छ । उक्त पृथक् क्षेत्रमा आधारित भई यस विषयक्षेत्रमा भाषा प्रयोग र सञ्चारका व्रmममा विद्यार्थीले समान एवम् असमान संरचनायुक्त शब्दहरूका ध्वनि थप्न र झिक्न, दुई दृश्यात्मक अवस्थाको तुलना गरी मौखिक तथा लिखित वर्णन, विभिन्न दृश्यात्मक सूचना तथा सामग्रीको अर्थपूर्ण बुझाइ गरी प्रतिव्रिmया, शीर्षक र पूर्वज्ञानका आधारमा पाठ पढ्न र त्यसका आधारमा स्वसिकाइको परीक्षण, पाठ पढेर वा सुनेर स्वमूल्याङ्कन, निर्धारित पाठका पात्र तथा शीर्षक परिवर्तन गरी वर्णन एवम् पूर्णविराम, अल्पविराम, प्रश्नवाचक, विस्मयादिबोधक र उद्धरण प्रयोग गरी मौखिक तथा लिखित अभिव्यक्ति दिनलगायतका कार्यलाई समावेश गरिएको छ । यसका साथै यस विषयक्षेत्रमा विद्यार्थीको सिकाइलाई गुणस्तरीय र प्रभावकारी बनाउन सान्दर्भिक व्यवहारकुशल सिपको पहिचान र प्रयोग गर्न उत्प्रेरित गर्दै नयाँ परिस्थिति र सन्दर्भमा पहिले सिकेका ज्ञान तथा सिपलाई प्रयोग गर्न प्रेरित गरिएको छ । यस विषयक्षेत्रअन्तर्गत दुईओटा पाठ रहेका छन्। ती पाठमा हाउभाउ, गति, यति लय र शुद्धतासहित कविता पढ्ने, दृश्यवर्णन गर्ने, सरल तथा जोडेमोडेका वर्णयुक्त शब्दको पहिचान गरी उच्चारण गर्ने, दुई दृश्य अवस्थाको तुलना गरी मौखिक तथा लिखित वर्णन गर्ने, विद्यालयमा प्रयोग गरिने वस्तु जनाउने शब्दहरूको सूची बनाउने, निर्धारित पाठको पात्र तथा शीर्षक परिवर्तन गरी भन्ने र लेख्ने, वस्तु र चित्रका नाम भन्ने र लेख्ने, संयुक्त वर्णसंरचना भएका शब्दका सुरु र अन्त्यका वर्ण छुट्याएर र जोडेर पढ्ने तथा लेख्ने, द्रुत पठन गर्ने, निर्धारित पाठको सार भन्ने र लेख्ने, सूचनामूलक पाठ सुनी आफ्नै शब्दमा पुनर्कथन गर्ने, श्रव्यदृश्य सामग्रीको समीक्षा गर्ने, पाठगत प्रश्नोत्तर गर्ने, गति, यति र हाउभाउसहित अनुच्छेद पढ्ने, दोहोरो सञ्चार गर्ने, विषयवस्तु तथा लिङ्ग, वचन, पुरुष, आदर र काल मिलाई बोल्ने र लेख्ने, रुचिका विषयक्षेत्र वा शीर्षकमा आधारित भई स्वतन्त्र लेखन गर्ने जस्ता व्रिmयाकलाप निर्धारण गरिएका छन्। यी व्रिmयाकलाप सहजीकरणका व्रmममा शिक्षकले सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र खोजकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा गरिएको छ । विषयक्षेत्रको अन्त्यमा पाठ्यव्रmममा आधारित भई ध्वनि सचेतीकरण, श्रव्य÷दृश्यबोध, लेख्यवर्ण सचेतीकरण, शब्दभण्डार, पठन प्रवाह, पठनबोध, लेखाइ र कार्यमूलक व्याकरणसँग सम्बन्धित मूल्याङ्कन व्रिmयाकलापसमेत समावेश गरिएको छ । यी व्रिmयाकलापले कक्षामा सहपाठीहरूले एकअर्काका कार्यको मूल्याङ्कन गर्ने, सँगै बसेर गरेका कार्यको मूल्याङ्कन गर्ने जस्ता प्रव्रिmयामा जोड दिँदै विद्यार्थीलाई सुधारात्मक सिकाइ प्रव्रिmयाद्वारा थप सिकाइको अवसर प्रदान गर्ने छ ।


Unit 4: My School

(Duration: 15 Hours)


This unit integrates subjects like language, math, and surroundings to explore the school environment as a key learning space after home. It focuses on vocabulary, communication, and grammar through activities such as comparing visuals, reading and summarizing texts, role-playing, and practicing punctuation.


Students engage in tasks like identifying and pronouncing complex words, listing school-related items, describing objects, retelling stories, and independent writing. Activities also include analyzing audiovisual materials, answering comprehension questions, and practicing structured communication in various contexts.


Teachers are expected to act as facilitators, encouraging the application of prior knowledge in new scenarios and fostering practical skills. Assessments focus on reading, writing, comprehension, and grammar, enabling peer reviews and remedial learning opportunities for improvement.

Description

Comments

Popular posts from this blog

English, unit 1 - 3

English, unit 8 - 11